काठमाडौँ। काठमाडौँस्थित भारतीय दूतावासले भारतको ७७औँ गणतन्त्र दिवस मनाएको छ।
दूतावासका अनुसार नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा भारतको गणतन्त्र दिवस मनाइएको हो।
कार्यक्रममा विगत एक वर्षमा भारत-नेपाल सम्बन्धमा भएको प्रगतिलाई समेटिएको भिडियो प्रस्तुत गरिएको थियो। त्यसअवसरमा कार्यवाहक राजदूत राकेश पाण्डेले भारतको तिरंगा झन्डोत्तोलन गरेका थिए।