काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
जनकपुरमा आफ्ना समर्थकहरूमाझ पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवार। तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

जनकपुर। पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका परिवारले जानकी मन्दिरसहित विभिन्न मठ-मन्दिरमा पुगेर पूजापाठ गरेका छन्।

सोमबार दिउँसो जानकी मन्दिर पुगेका पूर्वराजपरिवारलाई समर्थकले स्वागत गरेका थिए। हिन्दुवादी संघ-संगठन र राप्रपाका कार्यकर्ताहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए।

पूर्वराजा शाह जानकी मन्दिरबाट करिब आधा किलोमिटर पैदलै राम मन्दिर पनि पुगे। उनले राम मन्दिरमा पूजापाठ गरे। साथै उनले राम मन्दिरमै रहेका कालदेवी मन्दिरमा पनि पूजापाठ गरे। यहाँ पूर्वराजा शाहलाई स्थानीय क्लबका युवाहरूले स्वागत गरेका थिए।

पूर्वराजा शाह आफ्ना परिवारसहित आइतबार साँझै जनकपुर पुगेका हुन्। पूर्वराजाको जनकपुर भ्रमणमा राजावादीहरू खुसी भएका छन्।
हेरौँ पूर्वराजा शाहलगायत उनका परिवारका थप तस्बिर :