काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
अ+
अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’

हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएका छन् ।