काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
अ+
अ-

काठमाडौँ। मुलुकका अधिकांश क्षेत्रमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ।

पश्चिमी पहाडी जिल्लामा हिमपात हुँदा राजधानी उपत्यकामा पनि हल्का वर्षा भएको छ। आज (बुधबार) बिहानबाटै धुम्म रहेको उपत्यकाको मौसम दिनको समय आंशिक बदली भई वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

पूर्वी पहाडी जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन्। पहिलो हिउँदे वर्षा भएपछि किसानहरू भने खुसी भएका छन्।

हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु‚ डोल्पालगायत जिल्लामा हिमपातका कारण विद्युत्, यातायात र हवाई सेवा बन्द भएका छन्। रसुवा‚ मनाङ‚ मुस्ताङमा पनि हिमपात भएको छ। यहाँ चिसो पनि बढेको छ।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीका क्षितिज तामाङले हल्का वर्षा भएपछि खिचेका उपत्यकाका थप दृश्य :