काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढ्दा चाँदी पनि तोलामा २०५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार पाँच सय रुपैयाँले बढ्दै तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज (बिहीबार) चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढ्दै सात हजार ५०५ रुपैयाँ कायम भएको छ। महासंघका अनुसार चाँदी हिजो (बुधबार) प्रतितोला सात हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
