काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार आयोजित कार्यक्रममा उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले भने‚ “नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउनेछौँ।’ उनले काठमाडौँका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने‚ कसैको बाँच्ने आधार नखोसिने बताए। “काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदुरहरूको गास खोसिँदैन‚” उनले भने।
यो पनि…