इस्लामाबाद। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले बलुचिस्तानका धेरै क्षेत्रमा सुरक्षा बलले ‘आतंकवादी हमलाहरू विफल पारेको’ दाबी गरेका छन्।
मोहसिन नक्वीले शनिबार भनेका छन्‚ “सुरक्षा बलले यी हमलाहरूमा समयमै र प्रभावकारी कारबाही गरे‚ ३७ आतंककारीहरू मारिए।”
उनले यी हमलाहरूलाई विफल पार्दा १० सुरक्षा बल पनि मारिएको जानकारी दिएका थिए।
बलुचिस्तानको राजधानी क्वेटासहित धेरै सहरबाट शनिबार बिहान विस्फोट र गोलीबारी भएको रिपोर्ट आएको थियो।
बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले आक्रमणहरूको जिम्मेवारी लिँदै एक विज्ञप्ति जारी गर्यो, जसलाई ‘अपरेसन हेरोभ’ को दोस्रो चरण भनियो।
बलुचिस्तानका मुख्यमन्त्रीका सल्लाहकार साहिद रिन्दले एक विज्ञप्तिमा दाबी गरेका छन्‚ “पछिल्लो दुई दिनमा बलुचिस्तानका विभिन्न स्थानमा ७० भन्दा बढी आतंककारी मारिएपछि‚ आतंककारीहरूले बलुचिस्तानका केही स्थानमा आक्रमण गर्ने प्रयास गरे। जुन प्रहरी र एफसीको समयमै कारबाहीले विफल पारेको थियो।”