काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ ।
कार्यवाहक मेयर सुनिता डंगोलले जेष्ठ नागरिकका लागि स्वस्थ्य सेवा अस्पतालमा सीमित नरहने बताएकी छन् । डंगोलका अनुसार आजबाट जटिल विरामीलाई अस्पतालसम्म लैजाने काम समेत महानगरले सहजीकरण गर्नेछ ।
डंगोलले वक्तव्य जारी गर्दै भनेकी छन्, ‘अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन । ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौं महानगरपालिकाले आजबाट शुरु गर्दैछ । स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धनसम्मको सहजीकरण, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण—सबै सेवा घरदैलोमै ।’