काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

सेयरबजार

नेप्सेमा आइतबार ५० कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको घट्यो भने नौ कम्पनीका सेयरमूल्य स्थिर

१८ माघ २०८२
अ+
अ-

काठमाडौँ। साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से १९.८५ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.७३ प्रतिशतले ओरालो लागेको नेप्से २‚६९४.२० विन्दुमा अडिएको छ।

सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेर ४५९.९१ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.५९ प्रतिशतले घटेको हो।

नेप्सेमा आइतबार ३२९ कम्पनीको एक लाख १० हजार ७२८ पटकको कारोबारमा दुई करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच भए। जसमा आइतबार नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज (आइतबार) १३ समूहको कारोबार भएकामा व्यापार समूहको सूचक मात्र बढ्यो। बाँकी १२ समूहका सूचक राताम्मे बने। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.४२‚ विकास बैंक ०.७५‚ फाइनान्स ०.४४‚ होटेल तथा पर्यटन १.७५ प्रतिशतले घटे।

यस्तै जलविद्युत् समूह १.३६‚ लगानी ०.९६‚ जीवन बिमा ०.५२‚ उत्पादन तथा प्रशोधन समूह ०.७६‚ लघुवित्त समूह ०.५७‚ म्युचुअल फन्ड ०.५०‚ निर्जीवन बिमा ०.६३ र अन्य समूह ०.९२ प्रतिशतले घटे। आजको दिनमा व्यापार समूह मात्र ०.५५ प्रतिशतले बढ्यो।

नेप्सेमा आइतबार ५० कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको घट्यो। नौवटा कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा आइतबार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.७० प्रतिशतले कमाए। मिथिलाको अन्तिम कारोबार मूल्य १‚५५५ रुपैयाँ कायम रह्यो। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले सेयरमूल्य गुमाए। अर्थात आइतबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् लिमिटेडको सेयर कारोबार भयो। आज यसको ५५ करोड ५२ लाख ४० हजार ७६१ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३२६ रुपैयाँ कायम रह्यो।