काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

भोजपुर । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य अस्थायी मतदाताको सूची सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारी, कैदी बन्दीलगायत दुई हजार २०० अस्थायी मतदाताको सूची प्रकाशन गरिएको हो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए। जिल्लामा आगामी निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।