काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यास आवश्यकभन्दा बढी स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ।

बजारमा खाना पकाउने ग्यासको अभाव भएको हल्लापछि ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न निगमले अनुरोध गरेको हो।

निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले  सामाजिक सञ्जालमार्फत अनावश्यक रुपमा ग्यासको स्टक नगरिदिन उपभोक्ताहरुलाई अनुरोध गरे। नेपालमा प्रतिदिन ९० बुलेट ( १ लाख १४ हजार) सिलिण्डर एलपीजी ग्यास चाहिने बताउँदै  शनिवारदेखि मंगलबारसम्म ३६५ बुलेट ग्यास लोडिङ भएको उनले बताए।

मंगलबारमात्रै १ लाख ६३ हजार ३ सय सिलिण्डर ग्यास भारतबाट आयात भएको छ। यी मध्ये केही बुलेटहरु बाटामा रहेको र आजै नेपाल प्रवेश गर्ने उनले बताए। चुनाव अवधिमा पनि यही रुपमा निरन्तर ग्यास आपूर्ति हुने भट्टले बताए।

पछिल्ला दिनहरुमा ग्यास अभावको हल्ला चलेसँगै ग्यास स्टक गर्न उपभोक्त्ताहरुको भिड बढेको छ।