२४ माघ २०८२
अ+
अ-

काठमाडौँ। इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ ६.५० बजे पाँच म्याग्नेच्युडको भूकम्प गएको हो।

यसअघि गत १९ पुसमा उदयपुरको बागापति आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।