काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएक छन्।

आइतबार एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय बिमा रहेको बताउँदै कांग्रेसले जिम्मेवारी पाउँदा स्वास्थ्य बिमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने प्रतिवद्धता व्यक्त्त गरेका हुन्।

बिमा कार्यक्रमलाई सफल बनाउन आफुहरु गृहकार्यमा लागेको र विभिन्न योजना समेत रहेको उनले बताएका छन्।

स्वास्थ्यमा सबैको पहुँच बढाउन प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बिमा अनिवार्य रुपमा गर्नुपर्ने उनले बताए। यसका लागि सुर्तिजन्य पदार्थ, मदिरा लगायत वस्तुमा कर बढाएर ती करको पैसा बिमाका लागि खर्च गर्न सकिने उनको भनाई छ।

सामाजिक सुरक्षा र स्वास्थ्यसँग जोडिएका कार्यक्रमहरुलाई एकीकृत गर्ने, बिमा अन्तर्गत सञ्चालन गर्ने, तीन तहका सरकारबीचको समन्वयलाई पनि एकीकृत र सुदृढीकरण गरे बिमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न सक्ने उनले बताए।

उनले भने, ‘यसरी हामीले सबै पक्षलाई मिलाएर अघि बढ्यौं भने बिमा कार्यक्रम सफल हुन सक्छ। र, निजी सहित सबै स्वास्थ्य संस्थाबाट बिमाको सेवा दिने अवस्था बनाउनुपर्नेछ।’