काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्डा विश्वभर फहराउनेमा विश्वास व्यक्त गरेका छन्। टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको बताएका हुन्।

उनले भनेका छन्, ‘जारी टि–२० विश्वकपमा आज हाम्रो गौरवशाली राष्ट्रिय टिमले इङ्ग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु। खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले हामी सबैलाई गर्व अनुभूति गराउँछ।’

प्रचण्डले हरेक बलमा, हरेक रनमा, हरेक विकेटमा सम्पूर्ण नेपालको साथ रहेको बताउँदै उनले विजयको लागि शुभकामना दिएका छन् ।

आइसीसी टी–२० विश्वकप खेल्न भारतको मुम्बई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज इंग्ल्यान्डजस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग पहिलो भेट हुन लागको हो। समूह सीमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।