काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

खिचिक्क

निर्वाचनका लागि भारतले सहयोग स्वरूप प्रदान गरेका गाडी

२६ माघ २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाललाई गाडी उपहार दिएको छ।

निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू अहिले जलेको सिंहदरबारअगाडि पार्किङ गरिएको छ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। सोहीअनुरूप भारतले गाडी उपलब्ध गराएको हो।

यसपटकको निर्वाचनका लागि भारत सरकारले साना-ठुला गरी ६५० वटा गाडी उपलब्ध गराउने भनेको छ।

थप तस्बिर हेरौँ सिंहदरबार परिसरमा राखिएका भारतबाट प्राप्त नयाँ गाडीका ताँती।