काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

काठमाडौँ। रामेछापमा बस दुर्घटना भएको छ। दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस दुर्घटनामा आठजना घाइते भएका छन्। बस नदीमा डुबेको छ।

काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जान लागेको बस रामेछापको मचानेटारनजिकै तामाकोसी नदीमा खसेको हो। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घाइतेमध्ये सातजनाको खुर्कोट र एकजनाको मन्थलीमा उपचार भइरहेको छ।

मंगलबार बिहान भएको बस दुर्घटनामा १३ जनामध्ये सख्त घाइते भएका पाँचजनाको उपचारका क्रममा मृत्यु भएको हो।