काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा काठमाडौँ महानगर सबैभन्दा कमजोर ठहरिएको छ। ६ महानगरमध्ये काठमाडौँ ४४.९७ अंक पाएर सबैभन्दा पुछारमा अर्थात् छैटौँ स्थानमा छ।
महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले राजीनामा दिएर रास्वपाबाट झापा ५ बाट चुनावमा उठेका छन् भने उपप्रमुख सुनीता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन्। बालेनले महानगरमा उल्लेख्य काम गरेको दाबी गर्दै आएका छन्। तर रिपोर्टले भने काठमाडौँको काम चर्चाभन्दा निकै कम भएको देखाएको छ।
देशभरिका ६ महानगरमध्ये विराटनगर ७८.११ अंकसहित पहिलो स्थानमा छ। ललितपुर भने दोस्रो स्थानमा रहेको छ। ललितपुरको ७६.३३ अंक र तेस्रो स्थानमा रहेको भरतपुरको ६८.०४ अंक छ। यसैगरी चौथो स्थानमा रहेको पोखराले ५८.०४ र पाँचौँ स्थानमा रहेको वीरगन्ज महानगरले ५४ अंक पाएको छ।
आयोगले १७ सूचकलाई आधार मानेर कार्यसम्पादन मूल्यांकन गरेको जनाएको छ।