काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

२९ माघ २०८२
अ+
अ-

काठमाडौँ। एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ। श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन्।

२७ वर्षदेखि अन्तर्राष्ट्रिय विकास अनुभव सँगालेकी श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो।

यसअघि उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक तथा एडीबी सहायक सचिवलगायत पदमा रहेर काम गरिसकेकी छिन्। उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेकी छिन्। सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रको स्वामित्व छ।