२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणका आज तीन खेल हुँदैछन्।

पहिलो खेलमा आयरल्याण्ड र ओमान भिड्दैछ। श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा बिहान सवा ११ बजे खेल हुनेछ।

दोस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्यान्ड भिड्दैछन्।  भारतको कोलकाता स्थित इडेन गार्डेन्स रंगशालामा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ। दुई देश नेपाल रहेको समूह ‘सी’ मा छ। दुवै देशले दुई दुई खेल खेलेका छन् भने एकएक खेल हारेका छन्।

तेस्रो खेल भने दक्षिण अफ्रिका र न्युजील्यान्ड बिच हुनेछ। भारतको अहमदाबादमा हुने यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ। आज विजयी हुने टिम छ अंक सहित सुपर आठमा पुग्नेछ।

नेपालले आफ्नो तेस्रो खेल भोलि बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग खेल्ने छ। यसअघि नेपाल इंग्ल्यान्ड र इटालीसँग पराजित भएको थियो।