वासिंटन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न नदिइने बताएका छन्।
उनले भनेका छन्‚ “यो कुरा स्पष्ट छ किन भने इरानले संयुक्त राज्य अमेरिका, युरोप, मध्य पूर्व क्षेत्र र विश्व शान्तिको लागि खतरा निम्त्याउँछ।”
मार्को रुबियोले जर्मनीको म्युनिखमा ब्लुमबर्गसँगको अन्तर्वार्तामा यो भनाइ दिएका हुन्। रुबियो म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुन जर्मनीमा छन्।
अमेरिकी विदेशमन्त्रीले भने कि अमेरिका मध्य-पूर्वमा आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहन्छ किनभने इरानले यस क्षेत्रमा अमेरिकी आधारहरूलाई लक्षित गर्ने चासो देखाएको छ र त्यसो गर्ने क्षमता पनि छ।
उनले अमेरिकाका मध्य पूर्वमा सहयोगीहरू रहेका र त्यहाँ अमेरिकी सैन्य आधारहरू पनि रहेको बताएका छन्।
उनले भनेका छन्‚ “अमेरिका यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहन्छ ताकि इरानको कुनै पनि गल्तीले ठूलो द्वन्द्व निम्त्याउन नपरोस्।”
राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा इरानसँग सम्झौता गर्नु आफ्नो प्राथमिकता रहेको पनि रुबियोले बताएका छन्। उनले भनेका छन्‚ “यो धेरै गाह्रो हुनेछ, तर अमेरिकाले यसलाई निरन्तरता दिनेछ।”