काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

मङ्गबारको तुलनामा आज सुन तोलामा  एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ४०० तथा एक तोला चाँदीको मूल्य चार हजार ८८० निर्धारण भएको छ।

हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मूल्य चार हजार ८८५ निर्धारण भएको छ।

गत सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० निर्धारण भएको छ।

साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ मा खरिदबिक्री भएको थियो।