सेयरबजार
साल्पाको सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’‚ आँखुखोला जलविद्युतको कारोबार सबैभन्दा बढी
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से २७.५९ अंकले घटेको छ।
नेप्सेमा कारोबार भएका सबै समूहका सूचक आज राताम्मे बने। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १.०४ प्रतिशतले घट्दै २६१४.५५ विन्दुमा अडिएको छ।
आइतबार सेन्सिटिभ इन्डेक्स पनि ३.२७ अंकले घटेर ४४९.३९ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.७२ प्रतिशतले घटेको हो। नेप्सेमा आइतबार ३२४ कम्पनीको ७२ हजार १०४ पटकको कारोबारमा एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच भए। जसमा आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा आइतबार १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक राताम्मे बने। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.५२‚ विकास बैंक १.४१‚ फाइनान्स समूहको सूचक ०.५६‚ होटेल तथा पर्यटन १.०९‚ जलविद्युत् १.८१‚ लगानी ०.४९‚ जीवन बिमा ०.७३‚ उत्पादन तथा प्रशोधन १.०२ तथा लघुवित्त समूहको सूचक ०.४८ प्रतिशतले घट्यो।
यसैगरी म्युचुअल फन्ड ०.२२‚ निर्जीवन बिमा ०.४२‚ अन्य समूह ०.८५ तथा व्यापार समूहको सूचक ३.५९ प्रतिशतले ओरालो लाग्यो।
नेप्सेमा आइतबार ३४ कम्पनीको सेयर मूल्य मात्र बढ्यो। २२० कम्पनीको सेयरमूल्य घट्दा सात कम्पनीको भने स्थिर रह्यो।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा आइतबार साल्पा विकास बैंक लिमिटेडमा पोजेटिभ सर्किट लाग्यो। अर्थात १० प्रतिशतले सेयरमूल्य बढेको साल्पाको अन्तिम कारोबार मूल्य भने ३९९ रुपैयाँ रह्यो।
यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य भने ८.९२ प्रतिशतले ओरालो लाग्यो। बुद्धभूमिको अन्तिम कारोबार मूल्य ४३० रुपैयाँ कायम रह्यो।
आइतबार सबैभन्दा धेरै कारोबार हुनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रह्यो। यसको ६३ करोड ४२ लाख ४० हजार १०१ रुपैयाँको कारोबार भएको छ। आँखुखोलाको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम रह्यो।