काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
अ+
अ-

मोरङ। नेपाली कांग्रेसका नेता एवं मोरङ ६ का प्रतिनिधिसभाका उम्मेदवार शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म-संस्कृति जोगिने दाबी गरेका छन्।

कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए।

कोइरालाले धर्म-सस्कृति‚ संस्कार र सभ्यतामाथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए। उनले धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता पनि धराशयी हुने दाबी गरे।

नेपाली कांग्रेस बूढीगंगा गाउँपालिकाको घर-दैलो एवं चुनावी कार्यक्रममा उनले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्पराको महत्त्व रहेको बताए। कोइरालाले धर्म-संस्कृति संरक्षणकै लागि अहिलेको निर्वाचन अति महत्त्वपूर्ण भएको बताए।