काठमाडौँ। चीन सरकारले आगामी निर्वाचनका लागि नेपाललाई ४० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अनुदानस्वरूप प्राप्त हुने रकम स्वीकार गर्ने सरकारले निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।
अर्यालका अनुसार बैठकले चालु आवको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
बैठकले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र १ वैशाखदेखि चैत मसान्त २०८३ सम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ।
यस्तै सरकारले जेन-जी परिषद् गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए।
यो पनि…