काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
अ+
अ-

नयाँदिल्ली। भारतको केन्द्रीय मन्त्रिपरिषद्ले केरलाको नाम परिवर्तन गर्ने भएको छ। भारत सरकारको मन्त्रिपरिषद्ले ‘केरला’ को नाम परिवर्तन गरी ‘केरलम’ राख्ने प्रस्ताव अनुमोदन गरेको हो। नाम परिवर्तन गर्ने प्रक्रिया भने भर्खरै सुरु भएको छ।

केन्द्रीय मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि भारतका राष्ट्रपतिले केरला विधान सभामा रायका लागि विधेयक पठाउनेछिन्। यो प्रक्रिया संविधानको धारा ३ अन्तर्गत गरिनेछ।

राज्य व्यवस्थापिका सभाको राय प्राप्तपछि भारत सरकारले थप कारबाही गर्नेछ। संसद्‌मा विधेयक पेस गर्न राष्ट्रपतिको सिफारिस मागिनेछ। यो विधेयकले राज्यको नाम ‘केरला’ बाट ‘केरलम’ राख्नेछ।

पीआईबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले आज केरलाको नाम परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।”

यसमा थप भनिएको छ कि केरला विधानसभाले २४ जुन २०२४ मा राज्यको नाम ‘केरला’ बाट ‘केरलम’ परिवर्तन गर्न प्रस्ताव पारित गरेको थियो।