काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

खिचिक्क

१४ फाल्गुन २०८२
तस्बिरहरू : विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। अहिले देशभर चुनावी माहोल छाएको छ। जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारले २१ फागुनमा निर्वाचन गर्दै छ।

२०८१ को असोज दोस्रो साता आएको भीषण वर्षाका कारण काभ्रे २ अन्तर्गतको रोशी क्षेत्रमा भने चुनावको खासै चहलपहल देखिँदैन।

जलवायु परिवर्तनसँगै अव्यवस्थित रूपमा सञ्चालन गरिएको खानीका कारण सो क्षेत्रका अधिकांश स्थानीय घर, खेत बगाउँदा उनीहरू विस्तापित हुनुपरेको छ।

त्यस क्षेत्रमा यसपटकको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। तर पनि उनीहरू खुलेर भोट माग्न नआएको स्थानीय राधिका केसी बताउँछिन्। निर्वाचनका लागि नेताहरू बाटोतिर हिँडेको देखे पनि भोट माग्न प्रत्यक्ष रूपमा घरदैलोमा नआएको उनले बताइन्।

घर-खेत बगरमा परिणत भएको उनीहरूले राहतका नाममा २/३ बोरा चामल र केही रकम भने पाएका छन्। तर स्थानीय समस्या समाधानका लागि स्थानीय निकाय, सरकारले पनि बेवास्ता गरेको उनीहरू बताउँछन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७९ मा प्रत्यक्षतर्फ यस क्षेत्रबाट एमालेका गोकुल बास्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी भएका थिए।

यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार व्याञ्जू‚ कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन्।

दुईदिने झरीमा उर्लिएर आएको रोशीले पनौती नगरपालिका र रोशी गाउँपालिकाका केही बस्ती बगायो। घरखेत बगरमा परिणत भए। जनधनको क्षति भयो। “रोशी खोला छेउछाउका कैयौँ बस्ती सखाप भएका छन्। घरखेत, विद्यालय, पक्की पुल बगेका छन् र हालसम्म पनि पुनर्निर्माण नहुँदा यस क्षेत्रको अवस्था जस्ताका त्यस्तै छ।

हेर्नुहोस् थप तस्बिर :