काठमाडौँ। इरानले संयुक्त अरब इमिरेट्स (यूएई) गरेको ड्रोन आक्रमणमा परि एक नेपाली मारिएका छन्।
यूएईका रक्षा मन्त्रालयको एक्समा राखिएको जानकारीअनुसार एक नेपालीसहित तीनजना मृत्यु भएको हो। नेपालीसँग पाकिस्तानी र बंगलादेशीको पनि मृत्यु भएको विवरणमा उल्लेख छ।
इरानी आक्रमणमा परि ५८ जना घाइते भएका छन्। घाइते हुनेमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमेन, युगान्डा, इरिट्रिया, लेबन र अफगानिस्तानका नागरिक छन्।
यूएईले दुई दिनमा इरानमा १६५ ब्यालेस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ वटा ड्रोन प्रयोग गरेर आक्रमण गरेको छ। तीमध्ये ३५ वटा ड्रोन यूएईमा खसेको जनाएको छ। अमेरिका र इजरायलले बमबारी सुरु गरेपछि इरानले पछि छिमेकी देशसहितका विभिन्न स्थानमा आक्रमण थालेको हो।
यो पनि…
इजरायलको शेमेंशमा इरानी क्षेप्यास्त्र खस्दा ६ जनाको मृत्यु, २० घाइते