काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। बिहिबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मतपेटिका संकलन गर्न समय लागेकाले विभिन्न जिल्लाका २७ वटा निर्वाचन क्षेत्रमा मत गणना शुरु हुन बाँकी छन्।

देशका १६५ निर्वाचन क्षेत्रमध्ये दुर्गम क्षेत्र भएका जिल्लामा मतगणना शुरु हुन बाँकी छन् ।

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभर १३८ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। काठमाडौँ क्षेत्र नम्बर १ र मुस्ताङको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ।

‘देशभरि २७ वटा निर्वाचन क्षेत्रमा मत गणना हुन बाँकी छ। दुर्गम १० जिल्लामा हेलिकप्टरबाट मतपेटिका ढुवानी सकिएको छ’ उनले भने। मौसम प्रतिकुल हुँदा डोल्पा, गोरखा, संखुवासभाको मतपेटिका संकलनको क्रममा रहेका छन्।