२२ फाल्गुन २०८२
अ+
अ-

मोरङ। मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता बनाएको छ।

जारी मतगणनाको पछिल्लो आँकडाअनुसार रास्वपाकी रुविना आचार्य तीन हजार ४२३ मतसहित पहिलो स्थानमा छिन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला ७२८ मतसहित दोस्रो स्थानमा छन्।

नेकपा (एमाले)का विनोद ढकाल ६२७ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौला १५५ मतसहित चौथो स्थानमा छन्।