काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अधिकांश क्षेत्रमा प्रत्यक्ष मतगणना जारी रहँदा केही स्थानमा समानुपातिकतर्फको मत पनि गन्न थालिएको छ।

प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मत गन्न सुरु गरिएको हो। काठमाडौँ क्षेत्र नम्बर १ र मुस्ताङमा समानुपातिक मत गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगको पछिल्लो विवरणअनुसार, प्रत्यक्षतर्फ सर्वाधिक क्षेत्रमा अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा पनि अगाडि देखिएको छ। हालसम्मको गणनामा रास्वपाले समानुपातिकमा एक हजार ९४ मत पाएको छ।

समानुपातिक मतमा नेपाली कांग्रेस ३७३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४७, नेकपा (एमाले)ले १०८, श्रम संस्कृति पार्टीले ५४, नेपाल जनता संरक्षण पार्टीले २६ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २२ मत पाएका छन्।

प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष प्रणालीबाट १६५ सदस्य निर्वाचित हुन्छन् भने सिंगो देशलाई एक निर्वाचन क्षेत्र मानिएको समानुपातिक प्रणालीबाट ११० जना चुनिन्छन्।

निर्वाचन आयोगका अनुसार यसपालि कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ रहेकोमा एक करोड नौ लाख ७७ हजार ७११ जनाले मत हालेका छन्। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ बराबर संख्यामा मत खसेको आयोगको अनुमान छ।