काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

चैती छठ

१० चैत्र २०८२
अ+
अ-

जनकपुर। मिथिलाञ्चलसहित तराई-मधेसमा चैती छठमा व्रत बस्नेहरू बढ्न थालेका छन्। कात्तिकको छठमा जति सहभागिता नभए पनि विस्तारै व्रतालुको संख्या भने बढेको छ।

जनकपुरका विभिन्न सरोवरहरूमा चैती छठअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। छठ वर्षमा दुईपटक मनाइने गरिन्छ। चैतमा मनाइने भएकाले यसलाई चैती छठ भनिन्छ।

सूर्यको आराधना गरी मनाइने छठको तेस्रो दिन व्रतालुले कुण्ड, पोखरी वा तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गरिन्छ। अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने गरिन्छ।

छठका अवसरमा जनकपुरको गंगासागर,धनुषसागर,अरगजा सरसहितको सरोवरहरूमा व्रतालुको भिड लागेको थियो।

हेर्नुहोस् थप तस्बिर :