काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१६ चैत्र २०८२
रेखा शर्मा।
अ+
अ-

काठमाडौँ। लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश नवराज दुलालको इजलासले सोमबार शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको निवेदन दिएको थियो।

शर्मालाई प्रहरीले आइतबार राति उनकै धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको थियो। उनीमाथि घरमा राखेकी बालिकालाई यातना दिएको आरोप छ।