काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२२ चैत्र २०८२
तस्बिर : प्रदीपराज वन्त/रासस
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गरेको प्रस्तावमा अध्यक्षत अर्जुननरसिंह केसीले अर्याललाई सभामुख भएको घोषणा गरेका हुन्।

लामिछानेले गरेको प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए।

अर्याल काठमाडौँ–९ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए।