काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ बैशाख २०८३
लाम तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन्।

उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ प्रदर्शनमा तत्कालका लागि रोक लगाएपछि नेपाल चलचित्र संघ, निर्माता संघ नेपाल, चलचित्र कलाकार संघ नेपाल, निर्देशक समाज नेपाल, चलचित्रक समीक्षक समाज नेपाल लगायत कलाकारहरूले सामुहिक रुपमा विरोध प्रदर्शन गरेका हुन्।

अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामाथिको हस्तक्षेपका विरुद्ध विरोध कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी कलाकारहरूले १५ मिनेटसम्म कालो पट्टी बाँधेर प्रतीकात्मक विरोध जनाउँदै आफ्ना धारणा सार्वजनिक गरेका थिए।

उच्च अदालत पाटनले ‘लालीबजार’ चलचित्र यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको थियो। चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै वादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन्।

यम थापा निर्देशित चलचित्र वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ।

‘लालीबजार’ १८ बैशाखदेखि प्रदर्शनको तयारीमा थियो।

हेर्नुहोस् थप तस्बिर :