काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

फोटो कथा

मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका व्यावसायिक समूहको सहभागिता

२५ बैशाख २०८३
तस्बिरहरू : शम्भु रेग्मी
अ+
अ-

काठमाडौँ। भृकुटीमण्डपमा जारी ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०२६’मा हस्तकलाका सामग्रीसँगै रैथाने खाद्यवस्तु राखिएका छन्।

दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ २४ वैशाखदेखि सञ्चालन भएको मेलामा तयारी पोसाक र सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, विद्युतीय सवारी-साधनलगायत सामग्री किन्न पाइन्छ।

मेलाका संयोजक सुमन महर्जनका अनुसार प्रदर्शनीले उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता-बिक्रेताबीच सहकार्य विस्तार तथा विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई मजबुत बनाउने सघाउने अपेक्षा गरिएको छ।

मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका व्यावसायिक समूहको सहभागिता छ।

इन्ट्रोडक्सन ट्रेड शोज नेपालको व्यवस्थापनमा सुरु भएको मेला बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्युरोको सहकार्यमा सञ्चालन भएको हो। मेलालाई भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ।

विभिन्न देशको ‘पेभिलियन’राखिएको मेलामा सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी व्यवसायी तथा एक लाख बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ।

२८ वैशाखसम्म चल्ने प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन र व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने विश्वास राखिएको छ।

हेर्नुहोस् मेलाका थप तस्बिर :