काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ का २५ वर्षीय असरफ अलि रहेका छन्।
अलिलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले मंगलबार ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
अलिको साथबाट प्रहरीले १५० ग्राम ब्राउनसुगर बरामद गरेको छ। यसैगरी, लागुऔषध तौलिन प्रयोग हुने डिजिटल तराजु दुई थान, ब्राउनसुगर लुकाएर ल्याइएको चार थान स्पिकर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले अलिलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान थालेको छ।