रौतहट। रौतहटको बौधिमाई नगरपालिका ५‚ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
कोपवाकै धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको आज (बुधबार) दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
करेन्ट लागेर सख्त घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको गौतमको भनाइ छ।