काठमाडौँ। एसियन गेम्स छनोटको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ।
सिंगापुरमा नेसनल क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट भएको हो ।
ओमानका लागि कप्तान सुफ्यान मोहम्मदले बनाएको ३८ रन नै सर्वाधिक हो। जुबिइर अलि अकबरले २२ र अब्दुइजाइल खानले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेन। आजको खेल जितेमा नेपाल फाइनल पुग्ने छ।
त्यस्तै, नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट, कुशल मल्ल, सहाव आलम र कप्तान दीपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।