काठमाडौं। वालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुन: गृहमन्त्री बन्ने भएका छन्।
शीतलनिवासमा उनको पद तथा गोपनीयताको शपथ दिउँसो ३ बजे हुने तय भएको छ।
यसअघि सम्पत्तिलगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। सरकारले उनीमाथि छानबिन गर्न एउटा समिति बनाएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार छानबिन समितिले क्लिन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो।