काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।

तीन आयोजकले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ।

यो विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाएका छन् भने जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् ।

उद्घाटन खेलमा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रंगशालामा घरेलु टिम र दक्षिण अफ्रिका खेल्नेछन् । नेपाली समयअनुसार यो खेल मध्यराति १२: ४५ बजे सुरु हुनेछ ।

विश्वभरका फुटबल समर्थक अहिले आफूलाई मन पर्ने फुटबल टिमको जर्सी लगाएर फुटबल महाकुम्भमा होमिएका छन् । १९ जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ ।