काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार एक सय रुपैयाँले घटेर २ लाख ८६ हजार सात सय रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा खरिद(बिक्री भएको थियो।