काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा आठ सय रूपैयाँले बढेर दुई लाख ८४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले बढेर चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो।