चितवन। डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ।
वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताए।
सतनचुली सामुदायिक वन र चुम्लिङटारमा रहेका उक्त ‘ए’ ग्रेडका काठबाट प्रतिक्युबिक फिट एक हजारदेखि एक हजार २५० सम्म राजस्व संकलन हुनेछ।