काठमाडौं। सार्वजनिक बिदाको दिन शनिबार राजधानीको शंखधर उद्यान (रत्नपार्क) प्रवेश तथा भ्रमणका लागि सर्वसाधारणको भीड लागेको छ।
बिदाको अवसर पारेर घुमफिर, किनमेल तथा विभिन्न व्यक्तिगत कामका लागि बाहिर निस्किएका मानिसहरू साथै बच्चाबच्चीको लागि उद्यानमा विभिन्न प्रकारका मनोरञ्जन व्यवस्था समेत रहेकाले अभिभावकहरु समेत यहाँ आउने गरेका छन्।
केही दिन देखि उपत्यकामा गर्मी बढेसँगै सितलताका लागि पनि उद्यानमा आउने गर्दछन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी