काठमाडौं। अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ।
क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।
२७औँ मिनेटमा इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७५औँ मिनेटमा कोनर मेटकाल्फले थपेको गोलसँगै अस्ट्रेलिया विजयी भएको छ।
यो जितसँगै अस्ट्रेलियाले ३ अंक जोडेर विश्वकप सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा स्थान बनाएको छ।