काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको छ।

आइतबार बिहान न्यू जर्सी स्टेडियममा भएको समूह ‘सी’को पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १-१ को बराबरी खेलेको हो।

खेलको २१ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई सुरूवाती अग्रता दिलाएका थिए।

खेलको ३२ औँ मिनेटमा ब्राजिलका लागि भिनिसियस जुनियरले गोल फर्काएपछि ब्राजिल बराबरीको अवस्थामा आयो। त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन्।

यो खेलबाट दुवै टोलीले एक/एक अंक जोडेका छन्।