काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

३१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। इन्टरनेसनल आयुष कन्क्लेभ २०२६ सम्पन्न भएको छ।

नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एन्ड कोलाबरेसन (सिभिक) द्वारा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले आगामी दशकलाई आरोग्य दशकका रूपमा मनाउने नेपाल सरकारको नीतिको स्वागत गरे।

उनले नेपाललाई वेलनेस र हिलिङ टुरिजमको अन्तर्राष्ट्रिय हब बनाउन यो कदम अत्यन्तै फलदायी हुने विश्वास व्यक्त गरे। उनले नेपालको हिमालय क्षेत्रका बहुमूल्य जडीबुटी, आध्यात्मिक परम्परा र प्राकृतिक चिकित्साले नेपाललाई विश्वकै उत्कृष्ट वेलनेस गन्तव्य बनाउन सक्ने सम्भावना रहेको औँल्ए। परम्परागत ज्ञानलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई), टेलिमेडिसिन र डिजिटल हेल्थजस्ता आधुनिक प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा भारतका विभिन्न राज्य तथा अन्य चारभन्दा बढी देशका २०० भन्दा बढी विशेषज्ञ आयुर्वेद चिकित्सक र वैज्ञानिकको सहभागिता थियो। आयुष प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कन्क्लेभले नेपाल र भारतबीचको शताब्दीयौँ पुरानो सम्बन्धलाई स्वास्थ्य, अनुसन्धान र जडीबुटी विकासका माध्यमबाट थप प्रगाढ बनाउने विश्वास लिइएको छ।