काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा तीन सय रूपैयाँले बढेर दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।  सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य तोलाको चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको थियो।