काठमाडौँ।विश्वकपमा इरान र न्युजिल्याण्डको खेल बराबरीमा टुंगिएको छ।
समूह जीमा रहेका यी दुई टोलीले २-२ को बराबरी गरेका हुन्।
एलिजाह जस्टले सातौं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए। इरानका रामिन रेजाइयानले खेलको ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।
खेलको ५५औं मिनेटमा एलिजाहले व्यक्तिगत दोस्रो गोल गर्दै न्यूजिल्यान्डलाई दोस्रोपटक अग्रता दिलाए। उक्त अग्रता पनि न्यूजिल्यान्डले जोगाउन सकेन।
६४औं मिनेटमा मोहम्मद मोहेबीले गोल गर्दा इरान दोस्रोपटक खेलमा फर्कियो। खेल बराबरीमा टुंगिएसँगै दुई टोलीले १-१ अंक बाँडेका छन्।
यससँगै आज भएका सबै खेल बराबरीमा टुंगिएका छन्। स्पेन र केपभर्डेबीचको खेल गोलरहित बराबरी भएको थियो। यस्तै, साउदी र उरुग्वेबीचको खेल १-१ मा टुंगियो भने बेल्जियम र इजिप्टले पनि १-१ को बराबरी गरे ।