काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा रहेको रामजानकी विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाह मण्डपमा ताला लगाइएको छ। मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले हिजो साँझ विवाह मण्डप र सङ्ग्रहालयमा काट्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले ताला लगाएका हुन्।

मन्त्री महत्वले निःशुल्क रुपमा पर्यटकहरूलाई प्रवेश गर्न दिनुपर्ने भन्दै मन्दिर व्यवस्थापनले काट्दै आएको टिकट खोसेर लगेका थिए। त्यसपछि मन्दिर व्यवस्थापनले दुवै ठाउँमा ताला लगाएका छन्। ताला लगाइएपछि आउने पर्यटकहरू विना दर्शन फर्किने गरेका छन्। संग्रहालयमा १५ रुपैयाँ र १० भारतिय रूपैयाँ लिँदै आएको छ।

त्यसैगरीविवाह मण्डप अवलोकनका लागि जाने श्रद्धालुहरूबाट नेपाली १० रुपैयाँ  र भारतीय सात रुपैयाँ लिँदै आएको थियो। सो रकमबाट नै मन्दिरको संरक्षण सम्वर्द्धन र विकास हुँदै आएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ।

मन्दिर र स्थानीय प्रशासनको बिना समन्वयमा एक्कासी आएर संग्रहालय र विवाह मण्डपको टिकट खोसेर लगेपछि बाध्य भएर आफूले ताला लगाएको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले जानकारी दिएका छन्।

महन्थ दासले आफूहरूसँग बिना समन्वयमा एक्कासी गुण्डाशैलीमा आएर रसिद खोसिएको र आफूसँग छलफल समेत नगरेको र उल्टै अनावश्यक बोलेको आरोप लगाए।

मन्त्री महताेले मन्दिरमा शुल्क लगाउन अनुचित रहेको भन्दै आफूले त्यसलाई रोकेको बताए।